२५ असार काठमाडौँ । आज चार प्रदेशमा भारी बर्षाको सम्भावना रहेको छ । हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया मौसम बदलीय रहदा कोशी,मधेश,वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागको एक, दुई स्थानमा हल्का वर्षा भई रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज कोशी,मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावनाआज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।