२६ असार काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री डा ढकाललाई पदीय जिम्मेवारीबाट निष्काशित गरिए पछि डा। मुकुल ढकालले आज पत्रकार सम्मेलन गरेका छन् । बुधबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको ढकालले जानकारी दिए ।
ढकाललाई रास्वपाले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेत नरहने गरी मङ्गलवार मात्रै पार्टीको जिम्मेवारीबाट मुक्त गरेको थियो ।केही समयअघि ढकालले सभापति लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए ।
प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीति विपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले पदबाट निलम्बन गरेको हो । यद्यपि पार्टीको निर्णयमा उनलाई ३५ दिनभित्र पुनरावलोकनका लागि समय दिइएको छ ।