२६ असार काठमाडौँ ।काठमाडौँ बुढानिलकण्ठको माछापुच्छे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरुेको छ ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारी जानकारी दिए । उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भई रहेको प्रहरीले बताए ।