Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई परिचय पत्र वितरण

 राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई परिचय पत्र वितरण

जोईन खबर

२६, आषाढ २०८१
  • 751
    SHARES
  •  राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई परिचय पत्र वितरण

    २६ असार काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचय पत्र वितरण गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमबीच ३ प्रकारका परिचय पत्र प्रदान गरे ।

    images

    बृहत राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो ।प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निशुःल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परिक्षणको लागि निःशुल्क सेवा पाउने छन् ।

    images
    images
    images

    pat1.jpeg

                राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई परिचय पत्र वितरण 

    गोल्ड परिचय पत्र पाउनेले प्लाटिनम परिचय पत्रकधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउने छन् ।सिल्भर परिचय पत्रवाहकलाई राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा ५० प्रतिशत छुट दिइने छ ।कार्यक्रममा सदस्य–सचिव घिसिङले परिचय पत्र वाहक खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी स्वास्थ्य, शिक्षा र यातायातमा सहुलियतका लागि राखेपले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रकाशित मिति :आषाढ २६, २०८१ बुधवार - २२:१३:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको