Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अर्जुनधारा नगरपालिकामा भरुवा बन्दुक र चोरीको समानसहित तीन युवा पक्राउ

अर्जुनधारा नगरपालिकामा भरुवा बन्दुक र चोरीको समानसहित तीन युवा पक्राउ

रासस

२७, श्रावण २०८१
  • 817
    SHARES
  • अर्जुनधारा नगरपालिकामा भरुवा बन्दुक र चोरीको समानसहित तीन युवा पक्राउ

    २७ साउन काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिका–४ को देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ ।प्रहरी चौकी शनिश्चरेले शनिबार राति अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । 

    images

    गत साउन २५ गते राति अर्जुनधारा–७, मिलडाँडाकी इन्दिरा अधिकारीको किराना पसलमा ताला फुटाएर नगद र सामान चोरी भएको उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेले घटनामा संलग्नको खोजी सुरु गरेको थियो ।

    images
    images
    images

    उनीहरले चोरीको सामान र अर्जुनधारा–४ का २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाएर राखिएको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले आदित्यको साथबाट चाँदीको सिक्री एक थान, नेपाल टेलिकमको ५० दरको रिचार्ज कार्ड १९ थान, छिरिङ तामाङको साथबाट चाँदीको औँठी दुई थान, चाँदीको पाउजु दुई थान, चाँदीको सिक्री एक थान, एनसेल कम्पनीको ५० दरको रिचार्ज कार्ड पाँच थान र निखिल तामाङको साथबाट चाँदीको सिक्री एक थान बरामद गरेको छ ।प्रहरीले चोरी गर्दा प्रयोग भएको एउटा खुकुरी समेत किराना पसलबाट बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

    प्रकाशित मिति :श्रावण २७, २०८१ आइतवार - १३:०३:४३ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको