३२ साउन काठमाडौँ । आज सुनको मूल्य घटदा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन २४ क्यारेट प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। हिजो भन्दा आज सुन तोलामा ९०० रुपैयाँले घटेर कारोवार भएको हो ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आज चाँदी प्रतितोला १ हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको छ।
हिजो भन्दा आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर खरिद बिक्रि भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।