Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दाङको देउखुरीमा मकैबाट चटपटे

दाङको देउखुरीमा मकैबाट चटपटे

रासस

५, भाद्र २०८१
  • 724
    SHARES
  • दाङको देउखुरीमा मकैबाट चटपटे

     ५ भदौ काठमाडौँ । दाङको देउखुरीमा मकैबाट चटपटे बनाइ आर्थिक आम्दानी गरेका छन् ।  देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन ।

    images

    दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आउनुभएको छ । राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आउनुभएको छ ।सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँकाम सुरु गरेकोे बताउनुभयो ।मेसिनले मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ ।

    images
    images
    images

    अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उहाँमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आउनुभएको छ ।यो व्यवसायबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक रु २०–२५ हजार बढीको कारोबार गर्दै आएको उहाँले बताउनुभयो । 

    प्रकाशित मिति :भाद्र ५, २०८१ बुधवार - ११:५२:२९ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको