Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 साइन्स पढदा फेल भएका राज कुमार तिमिल्सिना अहिले ड्रोन मर्मतमा व्यस्था, महिनाको १ लाख देखि ३ लाख सम्म कमाइ

 साइन्स पढदा फेल भएका राज कुमार तिमिल्सिना अहिले ड्रोन मर्मतमा व्यस्था, महिनाको १ लाख देखि ३ लाख सम्म कमाइ

रासस

१२, भाद्र २०८१
  • 3.5K
    SHARES
  •  साइन्स पढदा फेल भएका राज कुमार तिमिल्सिना अहिले ड्रोन मर्मतमा व्यस्था, महिनाको १ लाख देखि ३ लाख सम्म कमाइ

    १२ भदौ काठमाडौँ । साइन्स पढदा फेल भएका राज कुमार तिमिल्सिना अहिले ड्रोन मर्मतमा व्यस्था छन् ।  फोटोग्राफी गर्ने सामान्य मानिसदेखि फोटो पत्रकारसम्मले प्रविधिको नवीनतम उपहारका रूपमा रहेको ड्रोनको अत्यधिक प्रयोग गर्न थालेका छन् ।विवाह उत्सव तथा अन्य सार्वजनिक जमघटमा ड्रोन नभए खल्लो महसुस हुन थालेको छ ।आकर्षक र गुणस्तरीय तस्बिर, भिडियो खिच्नेको सौख बन्दै गएको ड्रोनको प्रयोग र बिक्री वितरणमा देखिएको लहरले मानिसका चाहनालाई थप प्रतिबिम्ब गरिदिएको छ ।

    images

    यस्तै ठुलादेखि साना आयोजनाको सर्वेक्षण तथा अन्य प्राविधिक कामका लागि पनि ड्रोन अपरिहार्य जस्तै बनेको छ । जलविद्युत् आयोजनाको सामान्यभन्दा सामान्य कामलाई सहज तुल्याउन प्रवर्द्धकले यसमा विशेष ध्यान दिएका छन् ।पदयात्रामा जाने पर्यटक, खोज तथा अध्ययनकर्ता एवं जिज्ञासुले पनि अनुमति लिएर यसको प्रयोग गरिरहेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहर संकलन लागि उच्च क्षमताको ड्रोन प्रयोग गर्ने गरी सफल परीक्षण भइसकेको छ ।प्रविधिमा आएको परिवर्तनले मानव जीवनमा सहज प्रभाव पर्छ भन्ने खास उदाहरण बनेको छ ड्रोन । भिडभाड हुने मेला पर्व, जात्रा तथा राजनीतिक पार्टीका आमसभा एवं जटिल स्थानका तस्बिर तथा भिडियो खिच्नका लागि प्रयोग हुने ड्रोनको सुरक्षित उडान र अवतरण गराउनु पनि उत्तिकै आवश्यक छ ।

    images
    images
    images

    आम मानिसको आवश्यकता जस्तै बनिसकेको ड्रोन प्रयोग गर्दा कहिलेकाहीँ दुर्घटनामा पनि पर्न सक्छ । अनावश्यक खराबी आउन सक्छ । त्यस्तो अवस्थामा मर्मत सम्भार गरेर पूर्ववत् अवस्थामा फर्काउने जनशक्तिको अभाव हुँदा यसका प्रयोगकर्ता खिन्न हुने अवस्था थियो केही वर्ष पहिले त्यसका लागि आवश्यक जनशक्ति तयार पार्न सरकार र निजी क्षेत्रले पनि खास ध्यान नदिएको अवस्थामा स्वपहलमा नै ड्रोन मर्मत केन्द्र खोलेर देशभित्रै राम्रो आम्दानी गर्न सकिन्छ । यस्तै भनेको उदाहरण बनेको भक्तपुरका राजकुमार तिमिल्सिना ।सिंहदरबारको पूर्वी गेट । आम मानिसले नाम नभएको नगरका रूपमा अनामनगरलाई चिन्छन् । “देशभित्रै अनगिन्ती रोजगारीको अवसर छ । सामान्य पैसा कमाउनका लागि बिदेसिनु पर्दैन” भन्ने सन्देश दिँदै राजकुमारलाई यति बेला ड्रोन मर्मत गर्न भ्याइ नभ्याई छ भन्दा अत्युक्ति हुँदैन ।

    स्वदेशी तथा विदेशी उनलाई खोज्दै अनामनगर आइपुग्छन् । आफ्नो कामको प्रचार प्रसार सामाजिक सञ्जालमार्फत गर्न सिपालु राजकुमार ड्रोन मर्मतको भिडियो खिचेर फेसबुक, टिकटक र युट्युबमा राखिन्छ। त्यसबाट धेरै फाइदा भएको राजकुमार बताउँछन्। सामाजिक सञ्जालबाट प्राप्त हुने सकारात्मक सन्देश नै प्रेरणाको स्रोत बनेको छ तिमिल्सिना ।देशभित्र अवसर नभएको, रोजगारी नपाएको तथा काम छैन भन्दै गलत भाष्य निर्माण गरेर विदेशिने जमात बढिरहेको बेला राजकुमार भने स्वअध्ययनका आधारमा नेपाली युवालाई सकारात्मक सन्देश दिइरहेको छ । “सामान्य काम भनेर हेला नगरौँ । यस्तो प्राविधिक काममा धैर्यता, मेहनत र लगनशीलता जरुरी पर्छ । परिवारको साथमा बसेर राम्रै कमाइ गर्न सकिन्छ”, उनले भने, “पैसा हावामा उडेको छ भन्दा धेरैले पत्याउँदैनन् । काम खोज्न खाडी मलेसिया र कोरिया जानै पर्दैन ड्रोन मर्मतको काम आफूले मात्रै नगरेको अरूलाई पनि सिकाएको स्पष्ट पार्दै बताउँदै राजकुमारले भने, “सीप सिकौँ, दक्ष बनौँ, अवसर तपाईँलाई खोज्दै आइपुग्छ । कहीँ कतै जानै पर्दैन ।

    हालसम्म १० जनालाई मर्मतको सीप सिकाएको जानकारी दिँदै राजकुमारले भने, “मासिक रु एक लाखदेखि रु। तीन लाखसम्म सहजै कमाइ गर्न सकिन्छ ।अनामनगरमा उनले कार्यस्थलको नाम राखेका छन् । ‘चण्डेश्वरी क्यामरा मर्मत केन्द्र’ विगत १४ वर्षदेखि भिडियो क्यामेरा मर्मत गर्दै आएका तिमिल्सिना पछिल्ला दिनमा भने ड्रोन मर्मतलाई आफ्नो विशेष पेसा बनाएको बताउँछन् । फोटोग्राफी, भिडियोग्राफीमा ड्रोनको प्रयोग बढ्दै गएपछि मर्मत सम्भार गर्ने स्थानको अभाव हुन थाल्यो । त्यो अभावलाई सामान्य रूपमा भए पनि पूर्णता दिन पाउँदा आफूलाई धन्य ठानेको उनको भनाइ छ ।भिडियो क्यामेरा मर्मतका क्रममा विभिन्न टेलिभिजन स्टेसनमा गए पनि काम गरेको पारिश्रमिक नपाएपछि ड्रोनलाई नै खास समय दिएको उनले सुनाए। नाम चलेका टेलिभिजनले नै पारिश्रमिक दिन कन्जुस्याइँ गरेको अमिलो स्मरण छ ।

    ड्रोन बनाउन जान्ने दक्ष जनशक्ति कम हुँदा महँगो मूल्यको ड्रोन कहाँ बनाउने भन्ने तनाव प्रयोगकर्तामा पनि उत्तिकै थियो ।उनलाई यति बेला ड्रोन मर्मतको कामले भ्याइ नभ्याई छ । देशभरका ड्रोन प्रयोगकर्ताको एक मात्र भरोसाका रूपमा आफूलाई पाएको उनी दावीका साथ भन्छन् । आजकल चण्डेश्वरी क्यामरा मर्मत केन्द्र राजकुमार ड्रोन हाउसबाट चिनिन थालेको छ ।नेपालमा विसं २०७२ को भूकम्पपछि ड्रोन किन्ने र प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो । यो १० वर्षको अवधिमा विवाह, व्रतबन्ध, वृत्तचित्र निर्माण, निजी तथा सरकारी कार्यक्रमदेखि ‘भ्लग’ बनाउन ड्रोनको अत्यधिक प्रयोग भएको छ । प्रयोग बढ्दै जाँदा मर्मतको काम उत्तिकै बढेको छ ।तिमिल्सिना भन्छन्, “सक्कली समानको ग्यारेन्टीसहित ग्राहकको अगाडि नै मर्मत गर्ने गरेको छु । क्यामरा र भिडियो क्यामरामा लामो समयदेखि मर्मतको काम गरेकोले ड्रोन बनाउन मलाई धेरै समय नै लाग्दैन ।शैभरबाट मर्मतको लागि ड्रोन प्राप्त हुने गरेको उनको भनाइ छ ।

    दैनिक तीनदेखि चार वटा ड्रोन मर्मतका लागि आइपुग्छ । अन्य स्थानमा नजानेका मानिसले मर्मतको नाममा बिगारी दिए भन्नेदेखि अब बन्दैन भनेका धेरै ड्रोन मर्मत गरेको उनको दाबी छ ।क्यामरा मर्मतबाट व्यवसाय सुरु गरेका तिमिल्सिना ड्रोन मर्मतको विज्ञका रूपमा चिन्नुभएको छ । नयाँ क्षेत्र भएकोले आम्दानी राम्रै हुने गरेको छ । प्रयोग बढ्दा स(सानो प्राविधिक समस्या आउनु स्वभाविक नै छ ।छिटो मर्मत गर्नुपर्ने हुन्छ । खासमा मर्मत गर्न जान्ने दक्ष जनशक्तिको अभाव नै छ । कतिपयले चलाउन नजान्दा वा दुर्घटनामा पर्दा बिग्रिने गरेको छ । खासमा दुर्घटना भयो भने ड्रोनमा धेरै समस्या आउँछ ।पछिल्लो युवा पुस्ता प्राविधिक क्षेत्रमा खासै रुचि देखाउँदैनन् । नेपालमै केही गर्नेभन्दा पनि अध्ययनको नाममा वैदेशिक रोजगारीमा जाने लहडका कारण अथाह सम्भावना र राम्रो कमाई हुने यस क्षेत्रमा जनशक्तिको अभाव छ ।राजकुमार सुरुमा त्रि(चन्द्र कजेलमा साइन्स पढ्न भर्ना भएका थिए । तर उनलाई विषय लाग्यो । उनलाई त्यसमा पढ्नै मन लागेन । विषय लागेपछि टेलिभिजन मर्मतको काम सिक्न अनामनगर आएको थिए ।

    त्यो दिन मेरा लागि रुचीकर थिएन । तर, आज नाम र दाम दुवै प्राप्त हुँदा सही निर्णय गरिएछ भन्ने लागेको छ रे उनलाई ।विज्ञान पढ्न गएको छोरो अनुत्तीर्ण भएर फर्केपछि उनलाई घरमा बुवाले चित्त दुखाएर भने, “यसले गरिखाँदैन, अब तँ विदेश जाँ ।” पढाइ पनि छैन, काम पनि छैन, विदेश जानुबाहेक अरु कुनै विकल्प नभएको बेला आफू संयोगले क्यामेरा र टेलिभिजन मर्मतका लागि अनामनगर आइपुगेको स्मरण गर्छन् तिमिल्सिना ।जब मलाई प्रविधि क्षेत्र र मर्मतको काममा रुचि बढ्यो, तब मैले विज्ञानलाई अर्कै तरिकाले अध्ययन गर्ने सोच बनाए । खास अध्ययन भने मानविकी तर्फ सारे । काम भने यही मर्मतलाई नै बनाए । यसैलाई खास पेसाका रूपमा रूपान्तरण गरे”, विगत सम्झँदै तिमिल्सिनाले भने ।सुरुमा टेलिभिजन मर्मतको धेरै नै माग थियो । त्यही सिके र जाने पनि” त्यसपछि क्यामरा, भिडियो क्यामरामा तर्फ लागेको उनको भनाइ छ । क्यामरा र भिडियो क्यामरा मर्मतबाट राम्रो आम्दानी हुन थाल्यो । अनामनगरको त्यही सटर जहाँ १४ वर्षदेखि तिमिल्सिनाको काम लगातार चलिरहेको छ ।जहाँबाट काम सुरु गरेको थियो । त्यही स्थानलाई ड्रोन हाउसको नाम दिएको उनको भनाइ छ । भिडियो क्यामेरा मर्मतका लागि लोकप्रिय बनेको अनामनगरको उनको सटरले आजकल नयाँ नाम पाएको छ ड्रोन हाउस ।व्यावसायिक फोटो भिडियो ग्राफर, फोटोरभिडियो पत्रकार, फोटो स्टुडियोका सञ्चालकले आफ्नो सामान मर्मत गर्ने सेन्टर बनेको छ उहाँको सटर । अझ पछिल्लो समय ड्रोनको मर्मतको कामले उनलाई फुर्सद नै छैन ।मानविकी संकायबाट अङ्ग्रेजीमा स्नातकोत्तर गरेपछि राजकुमारलाई अन्य पेसामा जान मन लागेन ।

    फोटोग्राफी वा भिडियोग्राफीका लागि ड्रोनको प्रयोग गर्नेहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा त्यसको सुरक्षित प्रयोग गर्नु उत्तिकै जरुरी छ । तिमिल्सिनाका अनुसार आकर्षक भिडियो तथा फोटोका लागि ड्रोन उडाउने गरिन्छ । सरकारसँग अनुमति लिएर नियम पालना गर्दै ड्रोन उडाउनुपर्ने उनको सुझाव छ । “जथाभाबी अनुमति नै नलिई हतारमा लुकरे ड्रोन उडाउँदै नउडाउनुस् । यससँगै ड्रोन सुरक्षित राख्न पनि केही कुरा ख्याल गर्न जरुरी छ”, उनले भने।

    कम्पनीले दिएको निर्देशनअनुसार भोल्टेज लेभल मिलाएर राख्नुपर्छ ।ड्रोनलाई फोहोर र धुलोबाट जोगाउनुपर्छ । मोटर्स, प्रोपेलर्स वा अन्य ठाउँमा भएका धुलो र फोहोरलाई हटाउन नरम ब्रसको प्रयोग गर्न सकिन्छ । तर, इलेक्ट्रोनिक्स पार्टस् नबिग्रियोस् भन्नेमा सतर्क रहनुपर्छ । तपाईँको ड्रोनमा गिम्बल छ भने यसलाई होसियारीपूर्वक चलाउनुपर्छ । गिम्बल र क्यामेरा लेन्सलाई माइक्रो फाइबर कपडाले नियमित सफा गर्नुपर्छ । ता कि फुटेज क्लियर आओस् ।डोनलाई सीधा घामको प्रकाश पर्ने ठाउँमा राख्नु हुन्न । यसलाई फोहोर धुलोबाट जोगाउन सुरक्षित केस वा ब्यागमा राख्नुपर्छ । ता कि एक ठाउँबाट अर्को ठाउँमा लग्दा पनि कुनै फरक नपरोस् । ड्रोनको सेन्सर, कम्पास, आइएमयू ९नर्सियल मेजरमेन्ट युनिट० लाई कम्पनीले दिएको सिफारिसअनुसार मिलाउने गर्नुपर्छ । यसो हुँदा उडान राम्रो हुन्छ ।कस्तो वातावरणमा ड्रोन उठाउने भन्ने पनि ख्याल गर्न जरुरी छ । तीव्र हावा चलेको, हिउँ परिरहेको, पानी परिरहेको, झरना आसपास ड्रोन उठाउँदा बिग्रने जोखिम रहन्छ ।

    निषेधित क्षेत्रमा ड्रोन उडाउँदा सिज पनि हुन सक्छ ।हरेक उडानपछि ड्रोनको अवस्था जाँच गर्नुपर्छ । कुनै समस्या देखिए वेलैमा मर्मत गर्नुपर्ने हुन्छ । यदि कुनै प्राविधिक समस्या देखिएमा, त्यस समस्याका विषयमा थाहा नभएमा प्राविधिक वा विज्ञसँग परामर्श, मर्मत केन्द्रमा मर्मत गर्नुपर्ने हुन्छ ।तिमिल्सिनालाई इजरायल, अमेरिका र भारतबाट ड्रोन मर्मतका लागि बोलावट आएको र उतै बस्ने प्रस्ताव पनि आएको थियो । तर देशभित्रै दक्ष जनशक्ति तयार गर्ने र थप अवसर सिर्जना गरी देशभित्रै बस्ने मनसायका साथ जस्तोसुकै प्रस्ताव आए पनि स्वीकार नगर्ने उनले बताए। हरेक उडानपछि ड्रोनको अवस्था जाँच गर्नुपर्छ । कुनै समस्या देखिए वेलैमा मर्मत गर्नुपर्ने हुन्छ । यदि कुनै प्राविधिक समस्या देखिएमा, त्यस समस्याका विषयमा थाहा नभएमा प्राविधिक वा विज्ञसँग परामर्श, मर्मत केन्द्रमा मर्मत गर्नुपर्ने हुन्छ ।

    तिमिल्सिनालाई इजरायल, अमेरिका र भारतबाट ड्रोन मर्मतका लागि बोलावट आएको र उतै बस्ने प्रस्ताव पनि आएको थियो । तर देशभित्रै दक्ष जनशक्ति तयार गर्ने र थप अवसर सिर्जना गरी देशभित्रै बस्ने मनसायका साथ जस्तोसुकै प्रस्ताव आए पनि स्वीकार नगर्ने उनले बताए।

     

    प्रकाशित मिति :भाद्र १२, २०८१ बुधवार - १३:२६:५९ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको