Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अठार वर्षअघि सडक भएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन 

अठार वर्षअघि सडक भएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन 

रासस

३, आश्विन २०८१
  • 736
    SHARES
  • अठार वर्षअघि सडक भएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन 

    ३ असोज काठमाडौँ । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ।विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो। घरपझोङ गाउँपालिका–३ एक्लेभट्टी र वडा नं-४ जोमसोममा दुई वर्षअघि बसपार्क निर्माण भएको थियो।

    images

    यातायात व्यवसायी र सर्वसाधारणले सडक छेउमा सवारीसाधन पार्किङ गर्दा जोमसोम बजार अस्तव्यस्त बन्नाका साथै दुर्घटनाको जोखिम बढेको थियो। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बजारभित्रका यातायात कम्पनीका टिकट काउन्टर हटाएर लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कमा पार्किङ गराउन थालिएको जानकारी दिए।गाउँपालिकाले प्रतिस्पर्धामार्फत जोमसोमका सुरेश थकालीलाई २० लाखमा एक वर्षका लागि बसपार्क सञ्चालन र व्यवस्थापन गर्न ठेक्का सम्झौता गरेको उनले जानकारी दिए।

    images
    images
    images

    सिसिटिभी क्यामेरा जडान गरिएको बसपार्कमा सुरक्षाको व्यवस्था तथा टिकट काउन्टरको सहज पहुँचको व्यवस्था गरिएको उनले बताए।जोमसोमको प्रवेशद्वारस्थित एक्लेभट्टीमा घरपझोङ गाउँपालिकाले ४८ लाख खर्च गरेर निर्माण गरेको बसपार्कमा करिब एक सय बस, जिप, ट्याक्सी अटाउन सक्ने क्षमता छ।

    सहरी विकास तथा भवन आयोजना बागलुङले दुई करोड ५० लाखको लागतमा जोमसोमबाट ठिनी र कागबेनीतर्फ जाने सडकको चोकमा निर्माण गरेको बसपार्कमा एक सय ५० सवारीसाधन पार्किङ गर्न सकिन्छ।विसं २०७३ मा निर्माण सुरु भएको यो बसपार्क विसं २०७९ मा सम्पन्न भई गत वर्ष गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। ३० लाख लगानी गरेर बसपार्कमा थप पूर्वाधार विस्तार र मर्मत गरी सञ्चालनमा ल्याइएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जनाए।बसपार्क प्रयोग गरेबापत ट्रक, बस, ट्याक्टर, लोडर र डोजरलाई प्रतिघण्टा २५, हलुका सवारीसाधनलाई १५ र मोटरसाइकललाई १० का दरले पार्किङ शुल्क तोकिएको छ।

    प्रकाशित मिति :आश्विन ३, २०८१ बिहिवार - १५:४०:४८ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको