९ असोज काठमाडौँ ।धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक र जर्मनी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ ।उनीहरु अन्दाजी २८ वर्षीया मार्टिन र अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको चोरी गरेको आरोपमा गरिएको थियो ।
पक्राउ पर्नेमा नवलपरासी घर भई हाल काभ्रेको बनेपा नगरपालिका–६ सान फर्निचरमा काम गर्ने वर्ष २० वर्षीय हरि चौधरी, रामेछापको सुनापाती गाउँपालिका घर भई हाल काभ्रेको बनेपा–९ जनागाल बस्ने १७ वर्षीय सन्देश जैरु तथा काभ्रेको पनौती नगरपालिका–९ सुनथान बस्ने १६ वर्षीय उज्ज्वल दाहाल रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
इटाली र जर्मनीका नागरिकलाई चक्कु देखाएर बनेपामा एटिएम, मोबाइलसहितका सर सामान लुटपाट गरेको आरोपमा उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।काभ्रेको बनेपा–६ भ्युटावरस्थित सिँढीको बाटोमा उक्त लुटपाट गरिएको प्रहरीले जनाएको छ ।