२ कात्तिक काठमाडौँ । नेपालका क्रिकेटर खेलाडी सन्दीप लामिछानेले अमेरिकाको भिसा प्रप्ता गरेका छन् । भिसा पाए संगै लामिछाने शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृङ्खला आजदेखि सुरु भएको थियो ।
आजको पहिलो खेल नेपालले अमेरिकालाई जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग९२ शृङ्खला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।
यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।