Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

सिरहामा आफ्नै साथीको हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ 

सिरहामा आफ्नै साथीको हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ 

जोईन खबर

५, कार्तिक २०८१
  • 643
    SHARES
  • सिरहामा आफ्नै साथीको हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ 

    ५ कात्तिक काठमाडौँ । सिरहामा आफ्नै साथीको हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्यामा संलग्न उनकै साथीहरु सन्तोषकुमार महरा, रोहित कुमार महरा, धर्मेन्द्र महरा, धिरज कुमार राम र मोहमद जमसेदलाई पक्राउ गरिएको हो ।

    images

    महराको शव सुखीपुल नगरपालिका १० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा असोज २८ गते साँझ फेला परेको थियो ।अनुसन्धानमा सँगै दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीले यातनासहित हत्या गरेको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

    images
    images
    images

    सोही क्रममा कृष्णले चिनेकी एक केटी साथीलाई भेट्न नदिएको निहुँमा विवाद बढेपछि पाँचैजनाले उनलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पासवानले बताए ।

    त्यसपछि अपराध लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए । आफ्नै साथीद्वारा हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - १०:१०:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको