Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

गोरखा डान्स स्टार सिजन–४ मा रिया उपरकोटीको प्रतिस्पर्धा, टप १५ मा पुग्न भोटको अपिल

गोरखा डान्स स्टार सिजन–४ मा रिया उपरकोटीको प्रतिस्पर्धा, टप १५ मा पुग्न भोटको अपिल

जोईन खबर

१४, कार्तिक २०८३
  • 394
    SHARES
  • गोरखा डान्स स्टार सिजन–४ मा रिया उपरकोटीको प्रतिस्पर्धा, टप १५ मा पुग्न भोटको अपिल

    १३ कार्तिक गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाझ लाकुरीबोट भट्टगाउँकी रिया उपरकोटी गोरखा डान्स स्टार सिजन–४ मा प्रतिस्पर्धा गरिरहेकी छन्।

    images

    सानै उमेरदेखि नृत्यकलामा रुचि राख्दै आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएकी रियाले गोरखा डान्स स्टारको चौथो सिजनमा सहभागी भएर आफ्नो कला प्रस्तुत गरिरहेकी हुन्।

    images
    images
    images

    हाल प्रतियोगिताको टप १५ राउन्डमा प्रवेश गर्न भोट आवश्यक परेपछि रियाले आफूलाई समर्थन गरी भोट गरिदिन सबैमा अपिल गरेकी छन्।रिया उपरकोटीको भोटिङ कोड सि ०८ रहेको छ। उनलाई भोट गर्न इसेवा एपमार्फत भोट गर्न सकिने जनाइएको छ।

    रिया ताकुकोटस्थित श्रीमाइकोट माध्यमिक विद्यालयमा अध्ययनरत छिन्। अध्ययनसँगै नृत्यकलामा आफ्नो प्रतिभा निखार्दै आएकी उनले सानै उमेरमा जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएर आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर पाएकी छन्।

    गोरखाको स्थानीय प्रतिभाका रूपमा प्रतियोगितामा सहभागी रियालाई टप १५ सम्म पुर्‍याउन परिवार, आफन्त, साथीभाइ, शिक्षक तथा सम्पूर्ण जिल्लावासीलाई भोट गरेर सहयोग गरिदिन आग्रह गरिएको छ।

    सानै उमेरमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै अघि बढिरहेकी रियाको हौसला बढाउन र उनलाई प्रतियोगितामा थप अगाडि बढाउन सबैको साथ र समर्थन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    भोटिङ कोड : सि ०८

    भोट गर्ने माध्यम : इसेवा एप

    आउनुहोस्, बारपाक सुलिकाेट गाउँपालिका ताकुकाेटकी प्रतिभा रिया उपरकोटीलाई भोट गरेर अगाडि बढाऔँ।

    प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - २१:२३:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको