Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाकिस्तानका हुसैन तलातले कर्णाली याक्सबाट खेल्ने

पाकिस्तानका हुसैन तलातले कर्णाली याक्सबाट खेल्ने

जोईन खबर

५, कार्तिक २०८१
  • 601
    SHARES
  • पाकिस्तानका हुसैन तलातले कर्णाली याक्सबाट खेल्ने

    ५ कात्तिक काठमाडौं । हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले टेष्ट राष्ट्र पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको छ ।कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले हुसैन अनुबन्ध भएको बताएका छन् ।

    images

    आगामी लिगको लागि कर्णाली याक्सले पाकिस्तानका अलरान्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरेको छ,’ घिमिरेले भनेका छन्, ‘तलातको आगमनले टोली थप मजबुद बन्ने विश्वास लिएका छौं ।

    images
    images
    images

    ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।कर्णाली याक्सले पहिलो  विदेशी खेलाडीको रुपमा २८ वर्षीय तलातलाई अनुबन्ध गरेको हो ।

    उनी हालसम्म टेष्ट राष्ट्रबाट नेपाल प्रिमियर लिग ९एनपिएल०मा अनुबन्ध हुने पहिलो खेलाडी बनेका छन् । उनले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् ।

    जसमा ३९४ रन बनाएका छन् ।  टी२० मात्रै १६९ खेलेका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी २० आईमा डेब्यु गरेका थिए ।कर्णाली याक्सले अक्सनबाट टोलीको ए श्रेणीबमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाईसमावेश गरेको छ ।

    त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।एनपिएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदैछ ।

    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - १०:२१:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको