५ कात्तिक काठमाडौँ । राजधानीको सितापाइलामा पार्किङमा राखेको कारमा एक्कासी आगलागी भएको छ।
आज बिहान सीतापाइला सडक खण्डको छेउ रोकेर राखिउको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।
अहिले कारमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको सीतापाइलाका प्रहरी जानकारी दिए। घटना हेर्दा तार सर्ट भएर कारमा आगलागी भएको प्रहरीले बताए ।
कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ। कार पूर्ण रूपमा क्षति भएको छ ।