Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट उद्‍घाटन

प्रहरी निरीक्षक आधारभूत तालिम प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट उद्‍घाटन

जोईन खबर

५, कार्तिक २०८१
  • 667
    SHARES
  • प्रहरी निरीक्षक आधारभूत तालिम  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट उद्‍घाटन

    ५ कात्तिक काठमाडौँ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित  ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’  कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं समूह (PGDPS १४औं ब्याच) को सोही प्रतिष्ठानमा सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।

    images

    उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बद्लिदो परिवेश र परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनको आधुनिकीकरण एवम् सुदृढिकरणका लागि सांगठनिक आवश्यकतालाई सम्बोधन गर्न सक्षम नेतृत्व तयार गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम जनशक्ति उत्पादन र विकास गर्नको लागि यो कोर्स सहयोगशिद्ध हुने उल्लेख गर्नुभयो ।

    images
    images
    images

    प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी राज्यको एक मात्र दुरदराजसम्म फैलिएको आम नागरिकको सेवामा चौबिसै घण्टा परिचालित हुने, असाह्य, पीडित र अन्यायमा परेका हरेक नागरिकको आड र भरोसाको केन्द्र रहेको चर्चा गर्दै यस्तो संगठनमा आवद्ध भएर प्राप्त हुने कर्म र धर्मको समिश्रणको सौभाग्य धेरै कमलाई मात्र प्राप्त हुने भएकोले देश र नागरिकको सेवामा समर्पित नेपाल प्रहरी जस्तो ऐतिहासिक एवम् गरिमामय संगठनमा प्रशिक्षार्थिहरूलाई स्वगत समेत गर्नुभयो ।

    PGDPS सम्बन्धि वृत्तचित्र समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन, PGDPS कार्यक्रमका सल्लाहकार, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - १३:४८:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको