५ कात्तिक काठमाडौँ । कलाकार भिसामा विदेश पठाउने भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ परेका सुलेमान शंकर ‘इकु’ धरौटीमा रिहा भएका छन्।
इकुलाई ५ लाख धरौटीमा जिल्ला अदालत काठमाडौंले रिहा गरेको हो । उनले कलाकार भिसामा विभिन्न व्यक्तिलाई युरोप लगायत ठाउँमा पठाइदिने भन्दै रकम लिएको र आश्वासन दिएर पनि नपठाएको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो।
असोज १४ गते बसेको न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले इकुलाई भदौ २६ गते पक्राउ गरेको थियो।