Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस सुरु

वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस सुरु

जोईन खबर

५, कार्तिक २०८१
  • 652
    SHARES
  • वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस सुरु

    ५ कात्तिक काठमाडौँ । वीर गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

    images

    प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सिनियर, जुनियर र भेट्रान गरी जम्मा २४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

    images
    images
    images

    26.jpg

    करिब १ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबारसम्म चल्ने छ । नेपाली टेनिसको इतिहासमा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

    कुल पुरस्कार राशी ९ लाख ३२ हजार ३ सय ७५ रुपैयाँ रहेको छ । पहिलो दिन विभिन्न स्पर्धाका ५० खेल सम्पन्न भए ।

     

    25.jpg

    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - २२:३१:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको