Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता

नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता

जोईन खबर

५, कार्तिक २०८१
  • 658
    SHARES
  • नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता

    ५ कात्तिक काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ ।दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा माल्दिभ्समाथि ११-० को फराकिलो जितका साथ नेपाल अंक तालिकाको शीर्षस्थानमा पनि उक्लिएको छ ।

    images

    पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल र प्रिती राईले ह्याट्रिक पूरा गर्दा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १-१ गोल गरे । खेलको सातौं मिनेटमा नेपालले प्रितीको गोलमा अग्रता लियो ।

    images
    images
    images

    २४ औं मिनेटमा नेपालको गोलमा गोलरक्षक अमिनाथ लिजा बाधक बनिन् । रेखाको क्रसमा रश्मी कुमारी घिसिङले ६ यार्ड बक्स भित्रबाट गरेको शक्तिशाली हेडर अमिनाथले विफल परिन् । सरुले दिएको पासलाई रेखाले नियन्त्रणमा लिँदै वन भर्सेस वनमा सुन्दर फिनिस गरिन् ।

    लगत्तै प्रितीले नेपालको लागि सातौं गोल थपिन् । पेनाल्टी क्षेत्र बाहिर रेखाले दिएको पासलाई प्रितीले पहिलो टचमै टप कर्नरमा फिनिस गरिन् ।नेपालले त्यसपछि तीन परिवर्तन गर्दै अनिता केसी, अनिता बस्नेत र सजनी थोकरलाई मैदान छिराएको थियो ।

    अनिता केसीले मैदान छिरेको पहिलो टचमै नेपालको आठौं गोल गरिन् । साफ अन्तर्गत बुधबार भारत र बंगलादेश साँझ ५स्३० बजे खेल्नेछन् । समूह बी अन्तर्गत विहीबार दिउँसो १स्३० बजे भुटान र माल्दिभ्स तथा साँझ ५स्३० बजे नेपाल र श्रीलंका खेल्नेछन् ।

    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - २२:४५:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको