६ कात्तिक काठमाडौँ । गुल्मि सेवा समाज कतारले नेपालीहरुको महानपर्व बिजया दशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा गुल्मि सेवा समाजको आकस्मिक कोष स्थापनाको लागि सहयोगार्थ शुभकामना आदानप्रदान साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम २५ अक्टोबर शुक्रबार का दिन सनैया स्थित फुलबारि रेस्टुरेन्टमा बिहान ११ बजे बाट सुरू हुने गुल्मि सेवा समाजले जनाएको छ। यस संस्थाले लुम्बिनी प्रदेश समन्वय परिषद कतार अन्तर्गतका जिल्ला संस्थाहरुको सह आयोजनामा कार्यक्रम गर्ने भएको हो ।
उक्त साँस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपाल देखि चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायिका शान्ता रानी परियार कतार आउदै र साथमा दोहामा भएका चर्चित कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने वैदेशिक रोजगारमा कार्यरत रहेका राजु लामाले जानकारी दिनु भयो ।
उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पारिदिनु हुन कतारमा स्थापित सम्पूर्ण संघ सस्था साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई गुल्मि सेवा समाज कतारले हार्दिक निमन्त्रण समेत गरेको छ।