Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 माओवादी केन्द्रले यही कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

 माओवादी केन्द्रले यही कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

जोईन खबर

६, कार्तिक २०८१
  • 697
    SHARES
  •  माओवादी केन्द्रले यही कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

    ६ कार्तिक काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।अहिलेको नयाँ सरकारले गरेको गलत कमदको बिरोध खबरदारीको ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

    images

    आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका तीन प्रदेशका केन्द्रीय सदस्यहरू, बागमती प्रदेश  , उपत्यका  विशेष प्रदेश र सम्पर्क समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउनुभएको हो ।

    images
    images
    images

    माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ६, २०८१ मंगलवार - ११:२४:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको