Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 बारपाक सुलिकोटमा पाँचौ रनिङ शिल्ड प्रतियोगिता भोली देखि सुरू

 बारपाक सुलिकोटमा पाँचौ रनिङ शिल्ड प्रतियोगिता भोली देखि सुरू

जोईन खबर

७, कार्तिक २०८१
  • 1.9K
    SHARES
  •  बारपाक सुलिकोटमा  पाँचौ रनिङ शिल्ड प्रतियोगिता भोली देखि सुरू

    ७ कात्तिक काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भोली देखि बिद्यालय स्तरीयको पाँचौ रनिङ शिल्ड प्रतियोगिता  उद्घाटन गरिने भएको छ ।“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल ”भन्ने मुलनाराका साथ बारपाक सुलिकोटले प्रतियोगिता आयोजना गरिने भएको हो ।

    images

    पालिकाले एक सूचना जारी गर्दै आउदो कार्तिक ८ गते बाट  प्रतियोगिता सञ्चालन गर्ने गाउँपालिकाका प्रवक्त जित बहादुर नेपालीले बताउनु भयो । यस रनिङ शिल्ड प्रतियोगिता बारपाक सुलिकोट गाउँपालिकाले आयोजना गरेको हो । उक्त प्रतियोगिता कार्तिक ८, ९ र १० गते हुने छ । यस कार्यक्रम शहिद आशाकाजी श्रेष्ठ स्मृती रंगशालामा बहाकोटको खेल मैदनामा गरिने छ ।

    images
    images
    images

    कात्र्तिक ८ गते बिहान ९ बजेदेखी सुरु हुने प्रतियोगिता गण्डकी प्रदेश का मुख्यमन्त्री माननीय सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन  हुने भएको गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगितामा छात्र र छात्रा बिच हुने खेलहरु ४ वटा बिद्यामा हुने छन् । गाउँपालिकाको बैठकबाट सार्वजनिक सूचना अनुसार रनिङ शिल्डमा भलिबल, कब्बडी, एथ्लेक्टिक र फिल्ड तर्फ उफ्रने र फ्याक्ने खेलहरु हुने छन्  एथ्लेक्टिस छात्र तर्फ १००, २००, ४००, ८००, १ हजार ५०० र ३ हजार मिटर दौड तथा ४ हजार १०० र ४ हजार ४०० मिटरको रिले दौड हुने छ ।

    त्यस्तै छात्रा तर्फ १००, २००, ४००, ८००, १ हजार ५०० र ३ हजार मिटर दौडका साथै ४ हजार र ४ हजार ४०० तर्फ रिले दौड हुने पालिकाको शिक्षा शाखा प्रमुख भिम प्रसाद श्रेष्ठले बताउनु भयो । फिल्ड तर्फ उफ्रने छात्र र छात्राको हाइजम्प, लङजम्प र त्रिपलजम्प,फ्याक्ने तर्फ छात्रको ज्याभलिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउण्डको र छात्रा तर्फ ज्याभलिङ ६०० ग्राम र सटफुट ८ पाउण्डको रहेको पनि शिक्षा शाखाका श्रेष्ठले जनाकारी दिनु भयो ।

    प्रतियोगितामा सहभागी हुन पालिकाले प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समिति तयार गरेको छ । समितिका अनुसार १८ बर्षभन्दा मुनीका बिद्यार्थीहरुले उक्त प्रतियोगितामा भाग लिन पाउने तर हालै एसईई ग्रेड बृद्वि परीक्षा दिई अनुर्तिण भएका बिद्यार्थीहरुले सहभागिता जनाउन नपाउने नियम बनाइएको छ । त्यस गाउँपालिका भित्र रहेका भिविन्न विद्यालयबाट प्रतियोगितामा सहभागि हुने आउने विधार्थी खेलाडीहरु लागि खाना, खाजा र आवास वापत  प्रति व्यक्ति लाग्ने रकम एकमुष्ठ  कायम गरिएको छ ।

    गाउँपालिकाले कात्तिक ६ गते बसेको बैठक दर रेट कायम गरेको हो । बैठकमा निर्णय गरेका अनुसार खानामा बिहान २ वटा अण्डा , चना १ प्लेट र बिहान बेलुका सादा खाना र आवाससहित एक जना बराबर रु ३५० लाग्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास  आलेले जानकारी दिनु भयो । प्रमुख प्रशासकीय अधिकृत आलेका अनुसार दानामा चिकेन खाएमा थप पुन १ सय रुपैया  लाग्ने छ । सादा खानामा दाल,भात,तरकारी र अचार हुने छ । यो भन्दा अघिलो प्रतियोगितामा दररेट कायम नहुदा टाढा टाढा बाट आउने विधार्थी खेलाडीहरुले महागो पैसा तिरेर बस्नु पर्द खर्च बढी  हुन्थ्यो । त्यसैको समस्या समधानको लागि दर रेट कायम गरिएको हो । 

     

    प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - १५:३३:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको