Logo

बिहिवार, कार्तिक १३ गते २०८३

  सहकारी प्रकरणमा रवि लामिछानेलाई आफूहरूले क्लिन चिट नदिए : श्रेष्ठ

  सहकारी प्रकरणमा रवि लामिछानेलाई आफूहरूले क्लिन चिट नदिए : श्रेष्ठ

जोईन खबर

७, कार्तिक २०८१
  • 697
    SHARES
  •   सहकारी प्रकरणमा रवि लामिछानेलाई आफूहरूले क्लिन चिट नदिए : श्रेष्ठ

    ७ कात्तिक काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उप प्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफूहरूले क्लिन चिट नदिएको बताएका छन् ।

    images

    विराटनगरमा सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफूहरूले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहित कारबाही हुनुपर्ने जिकिर गरेको जानकारी दिए ।

    images
    images
    images

    उनले सहकारी प्रकरणमा सत्तारुढ दलका नेताहरूलाई छोड्ने र रवि लामिछानेलाई मात्र कारवाहीको दायरामा ल्याउनु भेदभाव देखिएको टिप्पणी गर्दै गलत गर्ने जतिसुकै ठुलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्ने तर्क गरे ।

    एक अर्को प्रश्नको जवाफमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले आफूहरूले आन्दोलन भन्दा पनि खबरदारी गर्न कार्यक्रम गरेको जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक ७, २०८१ बुधवार - १६:४९:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको