Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपाल प्रिमियर लिगको लागि सुदूरपश्चिम रोयल्सबाट  सेफ अलि जेबलाई अनुबन्ध

 नेपाल प्रिमियर लिगको लागि सुदूरपश्चिम रोयल्सबाट  सेफ अलि जेबलाई अनुबन्ध

जोईन खबर

८, कार्तिक २०८१
  • 610
    SHARES
  •  नेपाल प्रिमियर लिगको लागि सुदूरपश्चिम रोयल्सबाट  सेफ अलि जेबलाई अनुबन्ध

    ८ कात्तिक काठमाडौँ । इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई नेपाल प्रिमियर लिगको पहिलो संस्करणका लागि सुदूरपश्चिम रोयल्सबाट अनुबन्ध गरेको छ । २६ वर्षीय बायाँ हाते अलराउन्डरसँग काउन्टी क्रिकेटको भरपुर अनुभव छ ।

    images

    गत महिना सम्पन्न इंग्ल्यान्डको टि२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेल्नुभएका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आउनुभएको छ ।सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेपछि इंग्ल्यान्डका लागि उमेर समूह क्रिकेट पनि खेल्नुभयो ।

    images
    images
    images

    टि२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोड्नुभएका वहाँले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिनुभएको छ ।रोयल्सले यसअघि पहिलो विदेशी खेलाडीको रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा हुनहुन्छ ।

    दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहनुभएको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ।नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ।हाम्रो टोली ( दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब रहेका छन् ।

    प्रकाशित मिति :कार्तिक ८, २०८१ बिहिवार - ११:०९:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको