८ कात्तिक काठमाडौँ । भक्तपुरमा कुमाल समुदायहरू माटोको पाला बनाउने काम गर्ने व्यस्त भएको छन् । नेपालीहरुको महान् चाड तिहार आउन एक हप्ता बाँकी रहदा भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय भने माटोको पाला उत्पादन गर्न चटारो छ ।
भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछेंँ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायत स्थानका प्रजापति समुदायलाई यतिखेर पालालगायत अन्य सामग्री बनाउन फुर्सदै छैन। बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाल समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । “तिहार आउन एक साता पनि समय छैन । अबको दुई या तीन दिनभित्र माग अनुसारको पाला दिन नसके बनाएको व्यर्थ हुन्छ ।
यहाँ उत्पादन भएका पाला भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ र वीरगञ्जमा पठाउने गरिन्छ। कुमाल समुदायको यो पेसबाट नै आफ्नो जिवन धाने गरेका छन् ।
उनीहरु भन छन् यो सधै भरी चल्ने होईन बर्षमा एक चोटी वा तिहारमा लक्ष्मी पुजाका लागि केही माग आउने भएकाले खुत्रुके बनाएपनि अन्य भाडा बनाउने कामलाई थाती राखी पाला बनाउ कामलाई प्रथामिकता दिने गरिन्छ । जति बनाउन सकिन्छ , त्यति नै बिक्रि वितरण गर्न सकिने बताए । तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्य रुपमा दियोसमेत बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गर्छ ।