८ कात्तिक काठमाडौँ । गोरखाको बारपाक सुलिकोटमा विद्यालय स्तरीय पाँचौँ रनिङ शिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । यस पाँचौँ रनिङ शिल्ड शहिद आशाकाजी श्रेष्ठ स्मृती रंगशालामा बहाकोटमा भएको हो ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख आतिथ्यता र गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टको सभापत्विमा भएको कार्यक्रममा पाँचौँ रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बासुदेव पाठक, राष्ट्रिय अनुसन्धान आयोग गोरखाका प्रमुख हुमाकान्त पौडेल, सशस्त्र प्रहरी बल २९ गुल्म गोरखाका डीएसपी केशवराज वलिया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वडा नं. ३,४, ५, ६, ७, ८ का वडाध्यक्षहरु तथा राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगिता कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ । आज उद्घाटन गरेको दिन मार्च पास र महिला कब्बडी लगायत केही खेलहरु सम्पन्न भएका थिए । यस प्रतियोगितमा छात्र र छात्राबीच हुने खेलहरु ४ वटा विधामा हुनेछन् ।

प्रतियोगितामा भलिबल, कब्बडी, एथ्लेक्टिक र फिल्ड तर्फ उफ्रने र फ्याक्ने खेलहरु हुने छन् । पालिकाको शिक्षा शाखाले दिएको जानकारी अनुसार एथ्लेक्टिस छात्र तर्फ १००, २००, ४००, ८००, १ हजार ५०० र ३ हजार मिटर दौड तथा ४ हजार १०० र ४ हजार ४०० मिटरको रिले दौड हुनेछ ।त्यस्तै छात्रा तर्फ १००, २००, ४००, ८००, १ हजार ५०० र ३ हजार मिटर दौडका साथै ४ हजार र ४ हजार ४०० तर्फ रिले दौड हुनेछ ।
फिल्डतर्फ उफ्रने छात्र र छात्राको हाइजम्प, लङजम्प र त्रिपलजम्प रहेको छ । त्यसैगरी, फ्याक्नेतर्फ छात्रको ज्याभलिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउण्डको र छात्रा तर्फ ज्याभलिङ ६०० ग्राम र सटफुट ८ पाउण्डको रहेको पनि गाउपालिकाका प्रवक्त जित बहादुर नेपालीले बताउनु भयो ।
प्रतियोगितामा सहभागी हुन पालिकाले प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समिति तयार गरेको छ । समितिका अनुसार १८ बर्षभन्दा मुनीका बिद्यार्थीहरुले उक्त प्रतियोगितामा भाग लिन पाएका छन्, भने हालै एसईई ग्रेड बृद्वि परीक्षा दिई अनुर्तिण भएका बिद्यार्थीहरुले सहभागिता जनाउन पाएका छनैन् ।
