Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कमल थापालाई दुई उपाधि

चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कमल थापालाई दुई उपाधि

जोईन खबर

९, कार्तिक २०८१
  • 556
    SHARES
  • चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कमल थापालाई दुई उपाधि

    ९ कात्तिक काठमाडौँ । कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् ।

    images

    कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले ६५ वर्षमाथि सिंगल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे । महिला सिंगल्सको उपाधिका लागि अभिलाशा बिष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्नेछिन् । सेमिफाइनलमा अभिशालाले प्रज्ना मानन्धरलाई ६–१ र ६–१ ले सहजै हराइन् ।

    images
    images
    images

    अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका बिष्टमाथि ६–० र ६–१ को जित निकालिन् ।  पुरुष सिंगल्समा राजवीर प्रधान र रितिक राणाले फाइनलमा स्थान बनाए । राजवीरले प्रणव मानन्धरमाथि ६–१ र ६–३ ले हराएका हुन् । अर्को सेमिफाइनलमा रितिकले आयुष्मान हजुर घलेमाथि समान ६–१ को जित निकाल्दै उपाधि यात्रा तय गरेका हुन् । पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा प्रणव खनाल र निहाल जंगबहादुर थापाको जोडीलाई ६–४ र ६–३ ले हराएका हुन् ।

    पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो । यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६ र १०–८ ले हराए । यु–१२ उमेरसमूहको गल्र्स सिंगल्समा अनुश्री धोजु र ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी च्याम्पियन भए ।

    अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जितेका हुन् । यु–९ गल्र्स सिंगल्समा नैरा घले फाइनलमा रजिशा जोशलाई ४–१ र ४–० ले हराउँदै च्याम्पियन भइन् । यु–१४ गल्र्स सिंगल्समा शिभाली गुरुङ च्याम्पियन भइन् ।

    उनले फाइनलमा इरा खत्रीलाई समान ६–० ले हराएकी हुन् । गल्र्सकै यु–१० उमेरसमूहको सिंगल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–० र १०–५ ले हराउँदै उपाधि जिते । ब्वाइज यु–९ उमेरसमूहको सिंगल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन् । सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१ र ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराए ।

    प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - १०:१९:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको