Logo

बिहिवार, कार्तिक १३ गते २०८३

को हो ५ करोड ९२ लाखमा नेपाल प्रिमियर लिगको कमर्शियल अधिकार किन्ने ब्रान्ड लजिक 

को हो ५ करोड ९२ लाखमा नेपाल प्रिमियर लिगको कमर्शियल अधिकार किन्ने ब्रान्ड लजिक 

जोईन खबर

९, कार्तिक २०८१
  • 574
    SHARES
  • को हो ५ करोड ९२ लाखमा नेपाल प्रिमियर लिगको कमर्शियल अधिकार किन्ने ब्रान्ड लजिक 

    ९ कात्तिक  काठमाडौँ । विज्ञापन एजेन्सी ब्रान्ड डिजिटल लजिक प्रा।लि।ले नेपाल क्रिकेट संघ क्यानले मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपैयाँ बोली लगाएर नेपाल प्रिमियर लिगको प्रचार र व्यवस्थापनको अधिकार प्राप्त गरेको छ। यस सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन, र ग्राउन्ड ब्रान्डिङको जिम्मेवारी ब्रान्ड लजिकलाई दिइएको छ। कम्पनीले एनपीएलको आर्थिक पक्षलाई मजबुत बनाउँदै लिगको लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

    images

    २०१९ मा स्थापना भएको ब्रान्ड लजिकले छोटो समयमै विज्ञापन क्षेत्रमा उल्लेखनीय प्रभाव जमाएको छ। डिजिटल मार्केटिङ सेवा दिँदै सुरु भएको कम्पनीले समयसँगै आफ्नो उपस्थिति अझै बलियो बनाउँदै ल्याएको छ।कम्पनीको स्थापना भएको केही महिनापछि नै कोभिड महामारी सुरु भएको कठिन समयमा पनि ब्रान्ड लजिकले आफ्नो उपस्थितिलाइ अझ सशक्त बनाउन सफल भयो। जब सबैजना अनलाइनतर्फ शिफ्ट भइरहेका थिए, कम्पनीले डिजिटल विज्ञापनको महत्त्व बुझेर विभिन्न ब्रान्डहरूलाई आफ्नो सेवामा समाहित गर्यो।।

    images
    images
    images

    ब्रान्ड लजिकका संस्थापक र प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले ४ जना कर्मचारीको सानो टिमसहित विभिन्न ब्रान्डहरूलाई डिजिटल विज्ञापनमा लगानी गर्न प्रेरित गरे। जसलाई विभिन्न स्वदेशी र बहुराष्ट्रिय कम्पनीहरूले बिश्वाश गरे।नयाँ पुस्तालाई अन्तर्राष्ट्रिय स्तरको सामग्री ९कन्टेन्ट० दिने उद्देश्यले ब्रान्ड लजिकले सिर्जनात्मक विज्ञापनहरू निर्माण गर्दै सर्वसाधारणको मन जित्न सफल भयो। कम्पनीले गुणात्मक र संख्यात्मक दुबै दृष्टिले उल्लेखनीय प्रगति गरेको छ। डिजिटल ब्रान्डिङमा आफ्नो प्रभाब बनाएपछि, कम्पनीले मोशन ग्राफिक्स र टेलिभिजन विज्ञापन निर्माणमा समेत काम सुरु गर्‍यो।

    ब्रान्ड लजिकले बनाएको सुरुवाती ‘सिद्ध बाबा रिफाइन्ड तेल’ को जनचेतनामूलक विज्ञापन ‘अन्न नफालौं’ले सर्वसाधारणको मन जित्न सफल भयो। दुई वर्षअघि, ब्रान्ड लजिकले ‘माई पे’ डिजिटल वालेटका लागि निर्माण गरेको ‘इभोलुसन अफ मनी’ शीर्षकको विज्ञापनले कम्पनीलाई नयाँ उचाइमा पुर्‍यायो। यो विज्ञापनले पुरातन कालदेखि आधुनिक क्यूआर प्रणालीसम्म पैसा र लेनदेनका शैलीहरूमा आएको परिवर्तनलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको थियो।

    हालसम्म ब्रान्ड लजिकले ३५ वटा टेलिभिजन विज्ञापन निर्माण गरिसकेको छ। ती विज्ञापनहरूले जीवनका साना तर महत्वपूर्ण घटनाहरूलाई सिर्जनात्मक ढंगले प्रस्तुत गरेका छन्। कम्पनीले अहिले देशभरका २०० भन्दा बढी कम्पनी र ब्रान्डहरूलाई डिजिटल मार्केटिङमा सहयोग गर्दै आएको छ। नेपालका ३२ भन्दा बढी कर्पोरेटहरू प्रत्यक्ष रूपमा ब्रान्ड लजिकको सेवा लिइरहेका छन्। साथै, बंगलादेश, भारत, अमेरिका, मलेसिया, र दुबईका १० ठूला ब्राण्डहरूले पनि ब्रान्ड लजिकलाई विश्वास गरेका छन्।अब, एनपीएलको कमर्शियल राइट्स को जिम्मेवारीसहित, ब्रान्ड लजिकले यो लिगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। 

    प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - १०:४६:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको