Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त

नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त

जोईन खबर

९, कार्तिक २०८१
  • 640
    SHARES
  • नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त

    ९ कात्तिक काठमाडौँ । नन्दन फाडनिस नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

    images

    लुम्बिनीले मुख्य प्रशिक्षकमा फाडनिसलाई नियुक्त गरेको बिहीवार एक विज्ञप्ती जारी गर्दै बताएको छ । फाडनिस केही समय यता नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा आबद्ध रहेका छन् ।

    images
    images
    images

    रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनीले विजयी हासिल गर्नेमा आफु विश्वस्त रहेको फाडनिसले बताएका छन् । फाडनिसले भारतको गोवा क्रिकेट संघमा तथा भारतको राष्ट्रिय क्रिकेट एकेडेमिमा समेत प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।

    लुम्बिनीको कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा शक्ति गौचन रहेका छन् । लुम्बिनीले पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर तथा बायाँ हाते ब्याटर टम मुर्सलाई टोलीमा अनुबन्ध गरेको छ ।

    नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा मंसिर १६ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    लुम्बिनी लायन्स टिम
    रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स

    प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - ११:३७:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको