Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोट गाउँपालिका भित्रका दुर्गम स्थान तथा ८ वाटै वडामा अब बाह्रै महिना गाडी चल्ने सडक निर्माण गर्छु : मुख्यमन्त्री पाण्डे

बारपाक सुलिकोट गाउँपालिका भित्रका दुर्गम स्थान तथा ८ वाटै वडामा अब बाह्रै महिना गाडी चल्ने सडक निर्माण गर्छु : मुख्यमन्त्री पाण्डे

जोईन खबर

९, कार्तिक २०८१
  • 757
    SHARES
  • बारपाक सुलिकोट गाउँपालिका भित्रका दुर्गम स्थान तथा  ८ वाटै वडामा  अब बाह्रै महिना गाडी चल्ने सडक निर्माण गर्छु : मुख्यमन्त्री पाण्डे

    ९ कात्तिक काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका भित्रका सडक नपुगेका स्थानहरुमा पनि अब आउने बर्षबाट ८ वाटै वडामा हिउद बर्खा नै गाडी चल्ने सडक निर्माण गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताएका छन् । हिजो देखि सुरु भएको बारपाक सुलिकोट गाउँपलिकाको पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनलाई सम्बोध गर्दै सडक बढी जोड दिने जनाए ।

    images

    भूगोलको कारणले पिछडिएको पालिका भएकाले त्यहाँ सडक निर्माण प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छु ।  ‘मेरो निर्वाचन क्षेत्रमध्य भूगोल र सडकको कारणले बारपाक सुलिकोट पिछडिएको पालिका हो, त्यसैले पालिकाभित्रको हरेक वडामा बाह्रै महिना गाडी चलाउन सक्ने सडक निर्माण गर्ने मेरो लक्ष्य  छ । सबै सडक कालो पत्रे बनाउन सक्छु सक्दिन त थाहा छैन, तर मेरो कार्यकालमा यहाँको सबै सडक बाह्रै महिना चल्न सक्ने बनाउँछु ।यो वर्ष बारपाक सुलिकोटभित्रका सडक निर्माण गर्न मात्रै १५ करोडको बजेट विनियोजन गरिएको मुख्यमनत्री पाण्डेले बताए ।

    images
    images
    images

    पालिकाभित्रको तीन वटा सडक मसेल–जराङ–पन्द्रुङ,सौरपानी–हुँडीफाँट र देउराली–अमले–बाह्रमुले सडक खण्ड यही वर्षबाट बहुवर्षीय योजना लगिने उनले घोषणा गरेका छन् ।संघ सरकारको पहल मार्फत सञ्चालन हुने मोटरेबल पुल सडकको कामअघि बढाउनका लागि पनि प्रदेशको ध्यानाकर्षक भएको र त्यसमा समन्वय गरेर क्रमिक रुपमा अघि बढ्ने उनले बताए । हामीसँग सिमित साधन स्रोत छ, ती सीमित साधन स्रोतलाई प्रयोग गरेर असिमित कामहरु पूरा गनूृ पर्छ ।

    मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले एक पालिका एक खेलमैदान अवधारण पनि अघि सारेको बताएका छन् । गण्डकी प्रदेशमा ८५ वटा पालिकाहरु छन् । ती सबै पालिकामा एउटा जिल्लास्तरीय नभए पालिका स्तरीय खेलमैदान होस् भनेर हामीले एक पालिका एक खेलमैदान अवधारण पनि अघि सारेका छौं । त्यस कार्यलाई पनि यो बषृ देखि नै अघि सारे कायम गर्ने गरि अघि बढाउने तयारी हुदै छ ।   खेललाई अनुशासित ढङ्गबाट अघि बढाउनु सबैको दायित्व भएको उनको भनाइ छ ।आफु विजयी भएर गएको निर्वाचन क्षेत्रको बिकासमा आफ्नो विशेष दायित्व भएको उनले बताए । 

    प्रकाशित मिति :कार्तिक ९, २०८१ शुक्रवार - १२:२०:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको