Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा शहिदलखनमा चौथौँ रनिङ शिल्ड प्रतियोगिता हिजोबाट सुरु

गोरखा शहिदलखनमा चौथौँ रनिङ शिल्ड प्रतियोगिता हिजोबाट सुरु

जोईन खबर

१२, कार्तिक २०८१
  • 613
    SHARES
  • गोरखा शहिदलखनमा चौथौँ रनिङ शिल्ड प्रतियोगिता हिजोबाट सुरु

    १२ कात्तिक काठमाडौँ । गोरखाको सहिदलखन गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हिजो देखि सुरु भएको छ । सहिदलखन गाउँपालिकाको आयोजना तथा हिमालय मावि र भगवती हिमालय माविको सहआयोजनामा मावि स्तरीय रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

    images

    यस प्रतियोगिता कात्तिक ११ गतेबाट कात्तिक १३ गते सम्म संचालन हुने गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । प्रतियोगिताको उद्घाटनको  पहिलो दिन दश खेलहरु सम्पन्न भएका छन् । हिजो भएको पहिलो दिनको प्रतियोगितामा  १५००, १००० र ८०० मिटरको दौड, सर्टपुट, हाइ जम्प लङ जम्प र पुरुषतर्फको भलिवल प्रतियोगिता सम्पन्न भएको पालिकाले जनाएको छ ।

    images
    images
    images

    प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेका छन् । उक्त प्रतियोगिता गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरको अध्यक्षतामा भएको उद्घाटना कार्यक्रममा कार्यपालिका सदस्यहरु, पालिका कर्मचारी, विद्यार्थी, शिक्षक एवं विभिन्न राजनितीक दलका नेता र स्थनिया  अभिभावकहरुको बक्लो उपस्थिति थियो । 

    प्रकाशित मिति :कार्तिक १२, २०८१ सोमवार - ११:४८:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको