Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महामन्त्री थापाले उपसभापति  गुरूङमाथि अनुसन्धान गर्न माग 

महामन्त्री थापाले उपसभापति  गुरूङमाथि अनुसन्धान गर्न माग 

जोईन खबर

१२, कार्तिक २०८१
  • 769
    SHARES
  • महामन्त्री थापाले उपसभापति  गुरूङमाथि अनुसन्धान गर्न माग 

    १२ कात्तिक काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरूङमाथि अनुसन्धान गर्न माग गरेका छन्।गुरूङ ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिएका छन्।

    images

    काठमाडौंमा सोमबार राष्ट्र बैंकका कर्मचारीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले उपसभापति गुरूङको संलग्नताको चर्चा भएकोले अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन्।कांग्रेसका उपसभापति धनराज गुरूङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ, सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु बकाइदा अनुसन्धान गर्नुस्।

    images
    images
    images

    अनुसन्धान गर्नु पनि पर्छ,’ महामन्त्री थापाले भने।गल्ती गरेको छ भने कांग्रेस, एमाले, रास्वपा जो भए पनि कारबाहीको दायरामा आउनुपर्ने उनले बताए। पाँच पटक प्रधानमन्त्री बनेको होस्, ठूलो होस्, सानो होस् कि अहिले भइरहेको प्रधानमन्त्री हो कि भोलि हुने प्रधानमन्त्री हो जोसुकै होस् कानुनभन्दा माथि कोही पनि नभएको बताए । 

    प्रकाशित मिति :कार्तिक १२, २०८१ सोमवार - १६:०८:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको