१३ कात्तिक काठमाडौँ । आईएसएफ जिम्नासाइड समर गेम्सको पुरुष थ्री बाइ थ्री बास्केटबलमा नेपाल थ्रीले भारत टुलाई सोमबार पराजित गरेको छ ।इसा स्पोर्ट्स सिटी,आउटडोरमा भएको खेलमा नेपाल थ्रीले भारत टुलाई २१–९ ले पराजित ग¥यो ।
प्रतिस्पर्धात्मक खेलमा इटालीले नेपाल थ्रीलाई ८–६ ले हरायो । नेपाल थ्रीले लिगको अन्तिम दिन मंगलबार नर्थ मेसेडोनिया, ब्राजिल र मालावीसंग खेल्ने छ ।
नेपाल फोर बहराइन वानसंग १७–८ र चिलीसंग १२–९ ले चुक्यो । मंगलबारै नेपाल फोरले बहराइन सिक्स र टु तथा क्रोएसियासंग प्रतिस्पर्धा गर्ने प्रशिक्षक प्रेमसुन्दर होनाले जनाएका छन् ।