१३ कात्तिक काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष २०८१ को तिहार भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ।
हिन्दुहरुको महान पर्व दशैँ पछि आउने मुख्य पर्व तिहारको भाइटीका कात्तिक १८ गते आइतबार बिहान ११:३७ मिनेटमा समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ। दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ।