Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भक्तपुरका प्रजापती समुदायहरुलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ 

भक्तपुरका प्रजापती समुदायहरुलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ 

जोईन खबर

१३, कार्तिक २०८१
  • 664
    SHARES
  • भक्तपुरका प्रजापती समुदायहरुलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ 

    १३ कात्तिक काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदायहरुलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ ।   माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायहरु व्यस्ता छन् ।

    images

    माटोका भाँडा अरु बेला पनि माग आउने गरे पनि तिहारको समयमा भने अन्य समयको तुलनामा बढी माग आउने प्रजापती समुदायको भनाइ छ । माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गइरहे पनि भाँडा बनाउने माटो प्राप्त गर्न भने कठिन हुँदै गएको प्रजापती समुदायको भनाइ छ ।

    images
    images
    images

    शुरुमा जता गएपनि माटो खनेर ल्याउन पाइने तर अहिले प्लटिङका कारण माटो पाउन मुस्किल भएको गुनासो प्रजापती समुदायको छ ।  भक्तपुरका गणेशकुमार प्रजापतीले आफूले सानैदेखि माटोको भाँडो बनाउने काम गरेको भन्दै माग राम्रो आएको बताए ।

    माटोका भाँडा बनाउने आधुनिक मेसिनले सहज बनाएको बताउँदै उहँले यस वर्ष एक लाख पाला बिक्री गर्ने योजना रहेको जानकारी दिए। पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटोखुत्रुके, गमला बनाउन व्यस्त उनले यसवर्ष साना र ठूला दुवै प्रकारका पालाको माग आएको उल्लेख गरे।

    माटोका भाँडा बनाउने पेसा गर्दै आएका ९९ प्रजापति परिवारको बसोबास रहेको यहाँ भूकम्प पछि कतिपयले भत्किएका घर छाडेर अन्यत्र बसाइँ सरेका छन्। अहिले करिब ४० घरमा यो समूदाय समिति भएको उनले जानकारी दिए।

    प्रकाशित मिति :कार्तिक १३, २०८१ मंगलवार - १२:०२:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको