Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न भौतिक रुपमा मात्रै टिकट किन्न पाइने

नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न भौतिक रुपमा मात्रै टिकट किन्न पाइने

जोईन खबर

१३, कार्तिक २०८१
  • 790
    SHARES
  • नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न भौतिक रुपमा मात्रै टिकट किन्न पाइने

    १३ कात्तिक काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने  र  भौतिक रुपमा मात्रै टिकट किन्न पाइने निर्णय गरेको छ ।

    images

    बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि टिकट दिने नियम गरेको हो ।  ११ हजार टिकटमात्र टिकट बिक्री गर्नेछ । जसमध्ये जावलाखेलबाट साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने उनको भनाइ छ । प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता छ ।त्यस्तै एन्फाले टिकटमा पनि सीमितता तोकेको छ ।

    images
    images
    images

    जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ वटा र भीआईपीतर्फ २ वटामात्रै किन्न पाउनेछन् ।आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैं लिएको हो । साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ ।

    प्रकाशित मिति :कार्तिक १३, २०८१ मंगलवार - १५:३८:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको