१३ कात्तिक काठमाडौँ । तिहारमा अत्यधिक माग हुने सयपत्री र गोदावरी फूल टिप्न काठमाडौँ इचंगु‚ कल्लाबारीका किसानलाई चटारो छ। बिहानैदेखि किसानहरू आफ्नो बारीमा पुगेर फूल टिप्न व्यस्त छन्। यहाँ उत्पादित पुष्प काठमाडौँ उपत्यकामै खपत हुने गरेका छन्।
किसानहरूले फूल टिप्न शुरु गरेसँगै काठमाडौँ महानगरले स्वदेशमा उत्पादित फूलको बिक्री वितरण व्यवस्थित गर्न ४६ ठाउँमा बिक्रीका लागि ठाउँ तोकिदिएको छ।

मेयर बालेन्द्र साहले प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादित फूलको व्यापार प्रवर्धनको व्यवस्था मिलाइएको बताएका छन्।गतवर्षको सिकाइ र अभ्यासबाट यो वर्ष फूल विक्रेता किसानलाई सहज बनाउने प्रयास हुनेछ।यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ।
