Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५-१० वर्ष लाग्न सक्ने :  कप्तान एन्जिला 

अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५-१० वर्ष लाग्न सक्ने :  कप्तान एन्जिला 

जोईन खबर

१३, कार्तिक २०८१
  • 850
    SHARES
  • अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५-१० वर्ष लाग्न सक्ने :  कप्तान एन्जिला 

    १३ कात्तिक काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बांङ्लादेश विरुद्धको साफ वुमन् च्याम्पियनसिपको फाइनल जसरी पनि जित्ने बताएकी छन् ।

    images

    अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५-१० वर्ष लाग्न सक्ने उनको भनाइ छ । ‘हाम्रो टिम बण्डिङ राम्रो छ । भोलि जित्नुपर्छ, अहिले जितेनौँ भने अर्को टिम बन्न ५-१० वर्ष पर्खनुपर्छ’, मंगलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा कप्तान एन्जिलाले भनिन्, ‘हामी गर्छौँ हामी जित्छौँ भन्ने हाम्रो नारा छ ।

    images
    images
    images

    साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनलमा बुधबार घरेलु टोली नेपाल र साविक विजेता बांङ्लादेशबीच खेल हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।नेपालले अहिलेसम्म साफ वुमन्स च्याम्पियनसिपको ६ मध्ये ५ संस्करणको फाइनल पुग्दा पनि उपाधि जित्न सकेको छैन ।

    कप्तान एन्जिलाले त्यो विगत भएको र अब वर्तमान टिम एकजुट रहेकोले राम्रो खेल्ने बताइन् ।नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने बताए । 

    प्रकाशित मिति :कार्तिक १३, २०८१ मंगलवार - १७:०७:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको