Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहिदलखनको चौँथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रामेश्वरी माविलाई 

सहिदलखनको चौँथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रामेश्वरी माविलाई 

जोईन खबर

१४, कार्तिक २०८१
  • 574
    SHARES
  • सहिदलखनको चौँथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रामेश्वरी माविलाई 

    १४ कात्तिक काठमाडौँ । गोरखाको शहिदलखन गाउँपालिकाको चौँथो राष्ट्रपति रनिङ शिल्डको उपाधी रामेश्वरी माविले हात पारेको छ । गाउँपालिकाले हरेक बर्ष गर्दै आएको गाउँपालिकाको आयोजनामा  गत आईतबारदेखि सुरु भएको प्रतियोगिता हिजो सम्पन्न भउको हो ।

    images

    प्रतियोगिता प्रथम वा उपाधि विजेता विद्यालयले ११ स्वर्ण २ रजत र २ कास्य गरी कुल १५ पदक हात पर्दै प्रतियोगिताको उपाधी बिजेता रामेश्वरी मावि बनेको छ । यसै प्रतियोगिताबाट दोस्रो वा उपविजेताले ४ स्वर्ण, ८ रजत र २ कास्य गरि कुल १४ पदक सहित शहीद स्मृति मावि दोस्रो भएको हो ।अर्काे प्रतियोगिताको क्रममा ४ स्वर्ण, ६ रजत र ३ कास्य गरी १३ पदक सहित जनशक्ति मावि तेस्रो  बना सफल भएको छ । उपाधि विजेताहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।

    images
    images
    images

    प्रतियोगितामा छात्रातर्फको भलिबल खेलमा जनशक्ति मावि र छात्रतर्फ सिंजाली मावि प्रथम भएका छन् । बिजेताहरुलाई गाउँपालिका अध्यक्ष रमेश थापा मगरले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पालिका भित्रका ११ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थिए । उक्त प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितामा भाग लिने पालिकले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १४, २०८१ बुधवार - १०:४२:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको