१४ कात्तिक काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल र बंगलादेशको साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलको लाइभ स्क्रिनिङ काठमाडौँको तीन स्थानमा देखाउने भएको छ । महानगरपालिकाले टुँडिखेल, सानो गौचरन ९हाँडीगाउँ० र चावहिलको फुटवल ग्राउण्डदेखाउने प्रत्यक्ष प्रसारणको खेलको लाइभ स्क्रिनिङ गर्ने भएको हो ।
साफ वुमन्स च्याम्पियनसिप साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप २०२४ को उपाधि जित्नका लागि आज नेपाल र वंगालादेशका टिमबीच फाइनल खेल हुँदैछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ । नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सो खेलमा नेपाली टिमलाई हौसल प्रदान गर्न खेल स्क्रिनिङ गर्ने महानगरले तयारी गरेको हो ।
खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेलको अवलोकन गर्ने अवसरका लागि एलइडी स्क्रिन राखेर फाइनल खेलको प्रत्यक्ष प्रसारण हुनेछ ।