१४ कात्तिक काठमाडौँ । साफ वुमन च्याम्पियनसिपको २०२४को उपाधिका लागि नेपाल र बंगलादेशबिच पाइनल खेल हुदै छ । खेल त्रिपुरेश्वर दशरथ रंगशालामा साढे ६ बजे सुरु हुने भएको हो । नेपाली टोलीबाट आज खेलाडी परिर्वतन गरिएको छ ।
भारतसंग भएको सेमिफाइनल खेलमा रातो कार्ड पाएकी रेखा पौडेलको स्थानमा सरु लिम्बुले खेल्ने भएकी छन् । अरु बंगलादेशविरुद्ध खेलेका खेलाडीलाई नै निरन्तरता दिएका छन् ।
प्लेइङ ११ एन्जिला तुम्बापो सुब्बा ९ गोलरक्षक० पूजा राना, बिमला बिक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बु, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर र अमिषा कार्की रहेका छन् । खेल अब केही समयमा सुरु हुने छ ।