१४ कात्तिक काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि पनि बंगलादेशले जितेको छ । बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै २ १ गोले लगातार दोस्रो पटक च्याम्पियनसिपको उपाधि जितेको हो। खेल नेपालको दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा बंगलादेशले उपाधि जितेको हो ।
बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १(१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन । बंगलादेशले लगातार दोस्रो पटक उपाधि जित्दा नेपाल भने छैटौं पटक फाइनलमा पराजित हुन पुग्यो ।पहिलो हाफमा निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।
त्यसको रिबाउन्डमा तोहुराकै हेडरलाई गोलरक्षक एन्जिलाले समातिन् ।दशौं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा क्रसबार नै बाधक बन्यो । अमिशा कार्कीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बारमा लागेको थियो । गोलरक्षक रुपना चक्माले रोक्न नसकेको बललाई साम्बाले पेनाल्टी क्षेत्र बाहिर लागेर अमिशालाई दिएपछि उनले दुई टच लिँदै प्रहार गरेकी थिइन् ।
दोस्रो हाफको ५० औं मिनेटमा बंगलादेशले अग्रता लियो । त्यसै खेलमा नेपालले त्यसकाे दुइ मिनेटमा १ गाेल गरि खेललाइ बराबरीमा पुराए पनि बंगलादेशले ८१ औं मिनेटमा एक गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको हो । बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो । नेपाल सात पटक साफ च्याम्पियनसिप खेल्दा छैटौं पटक फाइनलमा पराजित हुन पुग्यो ।