Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हिरासतमा बसेका सभापति लामिछानेको बयान आज सकियो, अब तिहार पछि मात्र अदालत जाने

हिरासतमा बसेका सभापति लामिछानेको बयान आज सकियो, अब तिहार पछि मात्र अदालत जाने

जोईन खबर

१५, कार्तिक २०८१
  • 643
    SHARES
  • हिरासतमा बसेका सभापति लामिछानेको बयान आज सकियो, अब तिहार पछि मात्र अदालत जाने

    १५ कात्तिक काठमाडौँ । सरकारी ठगीको आरोपमा पक्राउ परेका  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज  सकिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरूले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् ।

    images

    पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले २ कात्तिकमा रविलाई रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।गोर्खा मिडिया नेटवर्कमा काम गर्न जाँदा आफूले ‘स्वेट शेयर’बापत आएको शेयरवापत १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न भएको लामिछानेले बयानमा भनेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्की स्रोतका अनुसार, उनले बयानका क्रममा आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।आफूले ‘स्वेट शेयर’बापत आएको शेयरवापत १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न भएको लामिछानेले भनेका छन् ।

    आफूले कार्यक्रम चलाउने र व्यवस्थापक भएर मात्र काम गर्ने गरेको रविले बताएका छन् । सरकारी वकिल कार्यालयका अधिकारीहरूका अनुसार, उनको बयान सकिएपछि प्रमाणीकरण पनि गरिएको छ । लामिछानेलाई अदालतले ८ कात्तिकमा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

    प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - १४:३५:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको