Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउने : पूर्व प्रधानमन्त्री 

राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउने : पूर्व प्रधानमन्त्री 

जोईन खबर

१५, कार्तिक २०८१
  • 772
    SHARES
  • राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउने  : पूर्व प्रधानमन्त्री 

    १५ कात्तिक काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् ।

    images

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार ‘प्रचण्ड’ निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रचण्डले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा रहेको बताएका हुन् ।

    images
    images
    images

    प्रचण्ड’ले राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्दै नेपाली जनताको उज्ज्वल भविष्यका लागि सबै एक हुनुपर्ने बताए ।  कला संस्कृतिको जगेर्ना नगरीकन राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने उनको भनाइ छ ।

    प्रचण्डले तिहारका अवसरमा देश र विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरे । कार्यक्रममा कलाकारहरूले देउसी भैलो खेल्दै सांस्कृतिक प्रस्तुति देखाएका थिए ।

    प्रकाशित मिति :कार्तिक १५, २०८१ बिहिवार - १५:२०:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको