Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१५ औं संस्करणमा सहभागी हुन  भूपेन्द्र अमेरिका जाने

१५ औं संस्करणमा सहभागी हुन  भूपेन्द्र अमेरिका जाने

१५ औं संस्करणमा सहभागी हुन  भूपेन्द्र अमेरिका जाने

जोईन खबर

२१, कार्तिक २०८१
  • 640
    SHARES
  • १५ औं संस्करणमा सहभागी हुन  भूपेन्द्र अमेरिका जाने

    २१ कात्तिक काठमाडौँ । गोल्डेन ड्रागन च्याम्पियनसिपको १५ औं संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ बुधबार अमेरिकाको क्यालिफोर्निया प्रस्थान गर्ने भएका छन् ।क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा हुने प्रतियोगितामा भूपेन्द्रले २ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    images

    भूपेन्द्रले ३६ वर्षमाथि उमेरसमूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा आफ्नो कौशल प्रस्तुत गर्ने छन् ।ट्रेडिसनल चाइनिज मार्सल आटर््स फेडरेसन, युएसएको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा भूपेन्द्रले ३ स्वर्ण पदक जितेका छन् ।

    images
    images
    images

    उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४ औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

    भूपेन्द्रलाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई र आदिवासी खेलकुद संघ नेपालका प्रशिक्षक इजिकेल परियारले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - ११:४५:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको