२१ कात्तिक काठमाडौँ । काठमाडौंका दुई स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । मृत्तकहरु टोखा नगरपालिका(५ बसुन्धारामा एक पुरुष र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजलमा एक पुरुष गरी दुई जना मृत फेला परेका हुन् । बसुन्धारास्थित आफ्नै डेरामा ३१ वर्षीय कृष्ण पाण्डे मृत फेला परेका हुन् ।
सुनसरीको धरान उपमहानगरपालिका-१२ घर भएका पाण्डे आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको हो ।
त्यसैगरी सुन्दरीजलस्थित आफ्नै कोठामा काभ्रे घर भएका ४५ वर्षीय सुरेश तामाङ बुधबार मृत अवस्थामा भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।