२१ कात्तिक काठमाडाचैँ । पृथ्वी राजमार्गको मुग्लिङ काठमाडौँ सडक खण्ड धादिङको गजुरी दुई बस ठोक्किदा दुर्घटना भएको छ । उक्त बस गजुरी गाउँपालिका वडा न ६ बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएको प्रहरीले बताएको हो ।
काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए ।
दुर्घटनाग्रस्त बस सडकबाट पन्छाएर अवरुद्ध यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ ।तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएका प्रहरीको भनाई छ । घटना बारे र घाइतेहरु विवरण खुल्न बाकी रहेको छ ।