Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज देशका विभिन्न प्रदेशमा भव्यरुपमा छठपर्व मनाइदै

आज देशका विभिन्न प्रदेशमा भव्यरुपमा छठपर्व मनाइदै 

आज देशका विभिन्न प्रदेशमा भव्यरुपमा छठपर्व मनाइदै 

जोईन खबर

२२, कार्तिक २०८१
  • 628
    SHARES
  • आज देशका विभिन्न प्रदेशमा भव्यरुपमा छठपर्व मनाइदै 

    २२ कात्तिक काठमाडौँ । तिहारको समापनसंगै छठपर्व अर्थात् सूर्यको पर्व देशभर आज विभिन्न कार्यक्रम गरि मनाइदैछ । षष्ठी तिथिका दिन बेलुका अस्ताउदो सूर्यलाई अघ्र्य दिएर यो पर्व मनाउने गरिन्छ ।  यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् कात्तिक २२ गते बिहिबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् कात्तिक २३गते शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो चाड मनाईन्छ ।

    images

    यो पर्व विशेष गरेर  तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलित हुँदै आएको छ । यस पर्वमा उनीहरुले नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अघ्र्य दिएर यो चाड मनाईन्छ ।छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ ।

    images
    images
    images

    आज छठ पर्वका दिन काठमाडौं उपत्यकाको काठमाडौं महानगरपालिकाका भित्रका विभिन्न वडाहरुमा जसमा कमलपोखरी,  गौरीघाट, वंशीघाट, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिर,को बालाजु बाइसधारा र कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको हो । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।

    जसमा अरु प्रदेश वा जिल्लाहरुमा जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू बिहानैदेखि पूजा सामग्री लिएर जम्मा हुन थालेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका सरोवरहरू सिङ्गारिएका छन् ।

    आज पूजा गरेर   ल्याइएको फलफूलहरुलाई छठको अन्तिम दिन बिहानै अघ्र्र्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पूर्ण होस भनेर भाकल राखेका हुन्छन् र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चल्ती छ । छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

    प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - १२:२०:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको