२२ कात्तिक काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कामले गर्दा तिन देशको उडानको समय तालिका परिवर्तन गरिएको छ । विमानस्थाल कार्यालयले परिवर्तन गरे संगै आउदो शुक्रबारदेखि दैनिक १० घण्टा विमानस्थाल बन्द हुने भएको हो ।
यस कार्यालयले एक सूचना जारी गरि नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र दुबईको यूएई उडानमा समय तालिका परिवर्तन गरेको छ । नेपाल एयरलाइन्सका परिवर्तन गरेको समय तालिका अनुसार काठमाडौंबाट ११:५० काे स्थानीय समयमा उड्ने जहाज अब ९:१५ मा उड्ने छ ।नारिताबाट स्थानीय समय अनुसार ११:२५ मा उड्ने जहाज अब ९ बजेर २५ मिनेटमै उड्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।
त्यसै गरि काठमाडौंबाट दोहामा रातको ११ बजे उड्ने जहाज अब साढे ९ बजे उड्ने भएको छ । दोहाबाट ३:२५ मा उड्ने जहाज अब भने २ बजे नै उड्ने गरी समय तालिका परिवर्तन गरिएको छ ।काठमाडौंबाट ११:१५ मा दुबई उड्ने जहाज अब ९ बजेर ३५ मिनेटमा उड्ने गरी तालिका मिलाइएको समेत नेवानिले जनाएको छ ।
