Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ आउदै गरेको बसमा लुकाएर ल्याएको सुन सहित एक जना पक्राउ

काठमाडौँ आउदै गरेको बसमा लुकाएर ल्याएको सुन सहित एक जना पक्राउ

काठमाडौँ आउदै गरेको बसमा लुकाएर ल्याएको सुन सहित एक जना पक्राउ

जोईन खबर

२२, कार्तिक २०८१
  • 688
    SHARES
  • काठमाडौँ आउदै गरेको बसमा लुकाएर ल्याएको सुन सहित एक जना पक्राउ


    २२ कात्तिक काठमाडौँ । नेपालगंजबाट काठमाडौं आउँदै गरेको बसमा लुकाएर सुन ल्याउने एक युवक पक्राउ परेका छन्।

    images

    सुन लुकाएर ल्याउने युवा कैलाली टिकापुर नगरपालिका - ४ बस्ने २३ वर्षीय एलिस ढकाल ५०२ ग्राम सुनसहित पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

    images
    images
    images

    उनका अनुसार बुधबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा-२ नागढुङंगा चेक प्वाइन्टमा नेपालगंजबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ ख ००९९ नम्बरको यात्रुवाहक चेकजाँच गर्नेक्रममा ढकाललाई पक्राउ गरिएको हो।

    अन्तिम सिटमा  बसेको उनले झोलाभित्र कालो रङंको टेपले बेरी लुकाएर सुन ल्याएको भेटिएको एसपी अधिकारीले बताए।

    उनको साथबाट बरामद भएको सुन नियन्त्रणमा लिई प्रहरी वृत थानकोटबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। 

    प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - १४:४२:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको